नियम १७
साक्षी बुझ्ने र बकाउने
: (१) उजुरवालाले उजुरीमा र विपक्षीले प्रतिउत्तरपत्र वा बयानमा सांक्षीको उल्लेख गरेको रहेछ भने प्रतिउत्तरपत्र पेश भई सकेपछि परेपछि वा बयान दिई सकेपछि वा सोको म्याद नाघे पछि अदालतले साक्षी बुझ्ने आदेश दिन सक्नेछ र त्यसरी आदेश भएपछि अदालतले साक्षी उपस्थित गराउन सम्बन्धित पक्षलाई मनासिब म्याद दिई त्यस्तो साक्षीको बकपत्र गराउनु पर्नेछ।
(२) उपनियम: (१) बमोजिम तोकिएको म्यादमा साक्षीलाई अदालत समक्ष- उपस्थित गराउने दायित्व सम्बन्धित पक्षको हुनेछ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएका भए तापनि मुद्दाको कारबाहीका सम्बन्धमा साक्षी नराखेको अन्य कुनै व्यक्ति बुझ्नु पर्ने आवश्यक छ भन्ने कुरा इजलासलाई लागेमा त्यस्तो व्यक्तिलाई अदालत समक्ष उपस्थित हुने आदेश दिन सक्नेछ।